वनगाड कुपिण्डेको नगरसभा अन्यौलमा

सल्यान, २५ साउन (जागरण) । सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद भएपछि नगरसभा अन्योलमा परेको छ । नगरसभा नबस्दा विकासका काम प्रभावित भएका छन् ।
असारमै हुनुपर्ने नगरसभा अहिलेसम्म नभएपछि अधिकांश कामकाज अवरुद्ध भएका छन् । प्रमुखमा गोविन्दकुमार पुन तत्कालीन एमाले र उपप्रमुख मन्जु ऐरी तत्कालीन माओवादी केन्द्रबाट निर्वा्चित हुनुभएको थियो ।
नगरसभाका लागि बारम्बार बैठक बस्दै आए पनि निष्कर्षबिहिन हुने गरेको छ । नगरसभा नभएका कारण आर्थिक, विकास निर्माण र प्रशासनिक कामकाज अवरुद्ध भएका छन । नगरसभा नहुँदा स्थानीयवासी विभिन्न सुविधाबाट वञ्चित भएका छन् ।