लापरबाहीले बिरामीको मृत्यु भए ५ वर्षदेखि जन्मकैदसम्मको सजाय

काठमाण्डाै, २५ साउन। चिकित्सा सम्बन्धि विषयमा निर्धारित शैक्षिक योग्यता हाँसिल गरेपनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।
भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता)ऐनमा यस्तो व्यवस्था गरिएको हो। लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अंगभंग भएमा १५ वर्ष कैद र मृत्यु भएमा जन्मकैद हुने प्रावधान छ ।
कसैको उपचार गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा छ ।
यदि लापरबाही गरेर मृत्यु भएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।