सुर्खेत, २६ साउन (जागरण) । सुर्खेतको भेरीगंगा नगरपलिकाका सबै वडामा प्रहरी विट निर्माण गरिने भएको छ । ईलाका प्रहरी कार्यलय छिन्चुले प्रहरी बिट नरहेका वडामा तत्काल बिट स्थापना गरिने जनाएको हो ।
प्रहरीको पहुँच नपुगेको नगरपालिकाका वडा नम्बर १,२ र ३ मा अबको तीन महिनाभित्रै प्रहरी विट निर्माण गर्ने ईलाका प्रहरी कार्यालयले प्रतिवद्धता जनाएको हो । आज छिन्चुमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले यस्तो जानकारी दिनुभयो ।