सुर्खेत, २७ साउन (जागरण) । कर्णालीमा प्रदेश सरकारले युवामैत्री कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकारले युवालाई स्वरोजगार बनाउनका लागि सिपमुलक कार्यक्रम संचालन गर्ने जनाएको हो ।
१९औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले युवा लक्षित बजेट र निती ल्याईएको जानकारी दिनुभयो ।
मन्त्रि रावलले युवाको यात्रा समृद्ध भएमात्र प्रदेशको समृद्धी हुने भएकाले यसतर्फ सरकार गम्भिर भएर लागिपर्ने बताउनुभयो ।
उहाँले समृद्ध प्रदेशका लागी युवाको भुमीका महत्वपुर्ण हुने भन्दै प्राविधिक सिप र कार्यक्रममार्फत यवाहरुलाई सक्षम बनाउने बताउनुभयो ।