जनताकै लागि नगरसभा अवरुद्ध गरिएको होः वनगाड कुपिण्डे उपाध्यक्ष यरी (अडियोसहित)

सुर्खेत, २८ साउन (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै आएको स्थानीय सरकारअन्गर्त हामीले अहिलेसम्म सम्पन्न हुन नसकेको सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको नगरसभाको प्रसंगलाई उठाएका छौँ । प्रमुख र उपप्रमुखबीचको विवादका कारण नगरसभा नहुँदा उक्त नगरपालिकाको सेवासमेत प्रभावित भएको छ । यसै सन्दर्भमा आज हामीले सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरीसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला किन तपाईँहरुले नगरसभामा अवरोध गरिरहनुभएको हो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।