हेलिकप्टरसँग सेल्फी खिच्ने मोहले मृत्यु

हुम्ला, २९ साउन (जागरण) । सेल्फी खिच्ने क्रममा हेलिकोप्टरको पंखाले लागेर हुम्लामा एक जनाको मृत्यु भएको छ । सिमकोटबाट उडेको हेलिकोप्टर हिल्सामा अवतरण गरिसकेपछि पंखाले लागेर भारतीय नागरिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार भारतीय नागरिक नगेन्द्रकुमार कार्तिके मेहताको घटनास्थलमै मृत्यु भएको हो ।
भारतको महाराष्ट्रस्थित मुम्बइका मेहता मानसरोवर दर्शनका लागि हेलिकोप्टरमा हिल्सा पुग्नुभएको थियो ।
हेलिकोप्टर अवतरण गरिसकेपछि सेल्फी खिच्ने क्रममा पछाडीको पंखाले लागेपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिन्द्रबहादुर वोगटीले जानकारी दिनुभयो ।