सुर्खेत, ७ चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगर सभा तथा विधेयक अधिवेशन आजदेखि शुरु हुँदैछ ।
विशेषगरी नयाँ ऐन, नियम, कानून र निर्देशिका बनाउन तथा चालु आर्थिक वर्षका लागि नीति, कार्यक्रम र वजेटको समिक्षा गर्न अधिवेशन हुन लागेको हो ।
बिहान ११ बजेदेखि शुरु हुने अधिवेशनमा प्रशासकिय कार्यविधी नियमित गर्नेसम्बन्धी विधेयक, शिक्षा, स्वास्थ्य र कृषि लगायतका विधेयकमाथि छलफल हुनेछ ।
नगर प्रमुख देवकुमार सुवेदीले अधिवेशनमा विभिन्न नौ वटा एजेन्डाहरुमाथि छलफल हुने जानकारी दिनुभयो ।
अधिवेशनमा गत असारमा सम्पन्न नगर सभाले बनाएका योजनाहरुको पनि समिक्षा गरिनेछ । यस्तै, आगामी वर्षका लागि समेत छलफल हुने नगरपालिकाले जनाएको छ ।
अधिवेशनबाट विधेयक पास भएमा आफुहरुलाई जनअपेक्षाअनुसार काम गर्न सहज हुने नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताउनुभयो ।