मानव अधिकारमैत्री कानुन निर्माण गर्ने कर्णाली सरकारको प्रतिवद्धता

सुर्खेत, २९ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले मानव अधिकारमैत्री कानुन निर्माण गर्ने भएको छ । अब कसैको पनि अधिकार हनन हुन नदिने भन्दै सरकारले अब मानवअधिकारमैत्री कानुन निर्माण गर्ने भएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री दल रावलले यस्तो प्रतिवद्धता जनाउनुुभएको हो । मन्त्री भण्डारीले प्रदेशका हरेक नागरिकको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
ईन्सेकले आयोजना गरेको मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भुमिका विषयक गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले सबैभन्दा धेरै मानव अधिकार हनन यही प्रदेशमा हुने बताउनुभयो ।
यस्तै, ईन्सेकको प्रदेश कार्यालयको वीरेन्द्रनगरमा उद्घाटन गर्दै सामाजिक विकास मन्त्री दल रावलले संविधान नै मानवअधिकारमैत्री भईसकेको भन्दै अब प्रदेश सरकारले बनाउने हरेक कानुन मानवअधिकार मैत्री हुने प्रतिवद्धता जनाउनुभयो ।