सुर्खेत, २९ साउन (जागरण) । सुर्खेतको चौकुने गाउँपालिका–५ तोस्रास्थित वन विज्ञान क्याम्पस सञ्चालनका लागि अनुमति दिन केन्द्र सरकारसँग माग गरिएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनीधि सभा सदस्य नवराज रावतले आजको प्रतिनीधिसभा वैठकमा केन्द्र सरकारसँग यस्तो माग गर्नुभएको हो ।
उहाँले हरेक गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति अनुरुप सुर्खेतमा वनविज्ञान क्याम्पस सञ्चालनका लागि अनुमति दिन सरकारसँग माग गर्नुभयो ।