सेवा सुविधा विस्तारसँगै बिरामीको चाप बढ्यो

सल्यान, २९ साउन (जागरण) । सल्यानमा १५ शैयाको जिल्ला अस्पतालमा सेवा सुबिधा विस्तार भएपछि बिरामीको चाप बढेको छ ।
छाला प्रत्यारोपणसहित विभिन्न शल्यक्रिया सेवा थपिएको हो । यसअघि पर्याप्त शैया नहुँदा एउटै बेडमा दुई जनासम्म विरामी राखेर उपचार गराउनुपर्ने बाध्यता थियो । अस्पतालका अनुसार हाल दैनिक करिव एक सय ५० जनाको संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन्।
जिल्ला स्वास्थ्य प्रमुख डा. अर्जुन बुढामगरले उपचारका लागि आएका बिरामीमध्ये दैनिक १० देखी १२ जना भर्ना गर्नुपर्ने भएकाले १५ शैयाको अस्पतालाई बिस्तार गरी ३२ शैयाको बनाइएको बताउनुभयो ।