जनताको आवाजः लापर्वाही गर्नेलाई कारवाही हुनैपर्छ (अडियोसहित)

सुर्खेत, २९ साउन (जागरण) । भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । यस्तै, लापरवाहीपूर्ण कारणबाट बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । यो व्यवस्थाप्रति डाक्टरहरुले विरोध पनि जनाएका छन् । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई पाँच वर्षसम्म कैद सजायको कानुन निर्माण भएको छ, यसबारेमा तपाईँको धारणा के छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।