बाढीपिडीतको पुनःस्थापना अब चाँडै हुन्छः समस्या समाधान समिती (अडियोसहित)

सुर्खेत, २९ साउन (जागरण) । सुर्खेतमा विनाशकारी बाढी आएको चार वर्ष पुरा भएको छ । २०७१ साउन २८ गते राती आएको बाढीले ठूलो क्षति पु¥यायो । बाढीका कारण घरबारविहीन भएपछि विभिन्न शिविरमा बस्दै आएका विस्थापितको हालसम्म पनि पुनस्थापना हुन सकेको छैन । भर्खरै मात्र सरकारले बाढी पिडीतको समस्या समाधान गर्नका लागि उच्चस्तरीय समस्या समाधान समिती गठन गरेको छ । यसै सन्दर्भमा हामीले उक्त समितीका सदस्य यज्ञप्रसाद ढकालसँग समितीले गरिरहेको कामको प्रगतिबारे कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले सबैभन्दा पहिला समिती गठन भईसकेपछि के के काम गर्नुभयो ? भनेर सोध्नुभएको छ (अडियो) ।