रिसर्च सेन्टरको उद्घाटन

सुर्खेत, ७ चैत (जागरण) । सुर्खेतमा नयाँ रिसर्च सेन्टरको उद्घाटन गरिएको छ ।
न्यु रारा इन्जिनियरिङ्ग कन्सलटेन्सी एण्ड रिसर्च सेन्टरको आज वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो । कर्णाली प्रदेशमा रहेका खानी र समृद्धिका अन्य सम्भावनाहरुको बारेमा सेन्टरले खोजी गर्नेछ ।
यस्तै कन्सलटेन्सीमार्फत भौतिक संरचना निर्माणमा पनि परामर्श दिइने संचालनक सागर लम्सालले बताउनुभयो ।
उहाँका अनुसार सेन्टरले घरको नक्सा डिजाईन, नक्शा पास गर्नका लागि आवश्यकपर्ने परामर्श सेवा, सम्पती मुल्यांकन, इष्टमेट, सर्भेका साथै घर धनी र निर्माणकर्मीलाई भवन मापदण्ड सम्बन्धी सल्लाह दिइनेछ ।
साथै कन्सलटेन्सीले माइक्रो हाईडो निर्माणका लागि रिसर्चदेखि हाईडो पावर उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्ने छ ।

फोटोः सागर लम्सालको फेसबुकबाट