बाढीले बगाउँदा एक जनाको मृत्यु, करोडौँको भौतिक क्षति, तत्काल राहत दिने तयारी (अडियोसहित)

सुर्खेत, ३० साउन (जागरण) । अविरल वर्षापछि आएको बाढीले बगाउँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ । यस्तै, करोडौंको भौतिक क्षति भएको प्रशासनले जनाएको छ ।
नलगाड नगरपालिका ७ दानीपिपल स्थित खोलामा आएको वाढीले वगाउँदा स्थानीय ३८ वर्षीय उमेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति देखि परेको भारी वर्षाका कारण जाजरकोटको नलगाडमा मानवीय तथा भौतिक क्षति भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । यसै सन्दर्भमा हामीले जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठा्यतले सबैभन्दा पहिला जाजरकोटमा बाढी पहिरोले कति क्षति पु¥याएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।