ढिलासुस्ती रोक्न गुराँसमा सिसिटिभी जडान

दैलेख, ७ चैत (जागरण) । दैलेख गुराँस गाउँपालिकाले कार्यालयमा हुने कामलाई प्रभावकारी र मर्यादित बनाउन सिसि टिभी क्यामेरा जडान गरेको छ ।
कर्मचारीको कार्य प्रति निगरानी गर्न तथा सेवाग्राहीलाई समयमा सेवा उपलब्ध गराउन सिसि टिभी जडान गरिएको हो ।
सिसि टिभी जडान पश्चात कर्मचारीले काम गरेको नगरेको प्रति रेकर्ड रहने तथा सेवा लिन आउने सेवाग्राहीले के कस्ता कार्य गरिरहेको छन् भन्ने जानकारी प्राप्त हुने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिनु भयो ।
उहाँका अनुसार गाउँपालिकामा कर्मचारीहरुको काम प्रति जनगुनासो बढ्न थालेपछि सिसि टिभी जडान गरिएको हो ।