अब कानुनको शासन हुन्छः मन्त्री रावल

सुर्खेत, २ भदौ (जागरण) । कर्णाली प्रदेशमा कानुनको शासन हुने दाबी प्रदेश सरकारले गरेको छ । हिजोदेखि मुलुकी ऐन लागु भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारले पिडीतले न्याय पाउने गरी कानुन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको हो ।
सो अवसरमा सामाजिक विकास मन्त्री दल रावलले कोही पनि नागरिक पीडित भएर बस्न नपर्ने भन्दै सरकार यसमा प्रतिवद्ध हुने बताउनुभयो ।
मन्त्री रावलले आफ्नो जिम्मेवारी सबैले पुरा गर्न सके मात्र जनताको शासन लागु हुने बताउनुभयो ।
उहाँले बल्ल संघिय गणतन्त्र आएको अनुभुति भएको भन्दै अब कानुन पालना गर्ने दायित्व सबैको भएको पनि बताउनुभयो । सामाजिक न्याय सहितको समृद्धि सबैको चाहना भन्दै उहाँले कानुन कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयका निमित्त प्रम्ुख सचिव कलानिधि पौड्यालले कानुन कार्यान्वयन गर्ने सबै लाग्नुपर्ने बताउनुभयो ।
यस्तै कानुन व्यवसायीहरुले मुलुकी ऐनले न्याय पाउने र न्याय दिलाउने दुवै सहयोग पु¥याएको बताएका छन् । हिजो मुलुकी ऐन लागु भएको अवसरमा उच्च अदालत बार एशोसिएशन र जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।