स्टुमुलेन्ट दिएर यौन शोषणको प्रयास

सुर्खेत, ८ चैत (जागरण) । उत्तेजना बढाउने स्टुमुलेन्ट नामक औषधि दिएर छात्रालाई यौन शोषण गरेको आरोपमा सुर्खेतमा एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिकाको एक विद्यालयमा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी यौन शोषणको प्रयास गरेको भन्दै उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न स्थानीय शिक्षक युवराज शर्मालाई पक्राउ गरेको हो ।
शिक्षक शर्माले उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी छात्रालाई खान दिए पनि आफूहरुले नखाएको पीडितले प्रहरीसमक्ष बयान दिएका छन् ।
प्रहरी उपरिक्षक एसपी उमाप्रसाद चतुर्वेदीले शिक्षक शर्मालाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।