एसइइ शुरु

सुर्खेत, ८ चैत (जागरण) । माध्यमिक शिक्षा परिक्षा एसइइ आज देखि शुरु भएको छ । यसपालिको परिक्षालाई मर्यादित बनाउनका लागि आफुहरुले प्रयास गरिरहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।
परिक्षामा अमर्यादित काम गर्नेलाई कानुन अनुसार कारवाही गर्ने जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताउनुभयो । जिल्ला शिक्षा अधिकारी शाहले विद्यार्थीलाई केन्द्रको गेटमै चेकजाँच गरिने जानकारी दिनुभयो ।
विद्यार्थी अथवा निरिक्षकलाई निष्काशन गर्ने मात्रै नभई ६ महिनासम्म जेल, एक लाख सम्म जरिवाना वा दुबै सजाय हुने पनि जानकारी जिल्ला शिक्षा अधिकारी शाहले दिनुभयो ।
एसइइ परिक्षालाई शान्तीपुर्ण ढंगले सम्पन्न गराउनका लागि सुर्खेतमा सुरक्षा व्यवस्था पनि कडा गराईएको जिल्ला शिक्षा अधिकारी शाहले बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी शाहले सुर्खेतमा छात्रामैत्री परिक्षा केन्द्र पनि बनाईएको बताउनुभयो ।
उहाँले हरेक परिक्षा केन्द्रमा छात्राहरुमा उत्पन्न हुने विभिन्न शारिरीक समस्यालाई मध्यनजर गर्दै छात्रामैत्री परिक्षा केन्द्र बनाईएको जानकारी दिनुभयो ।
जिल्ला शिक्षा अधिकारी शाहका अनुसार सुर्खेतमा दृष्टिविहीन विद्यार्थी एकजना र प्यारालाईसिस भएका एकजना विद्यार्थी पनि यसपटकको एसईइमा सहभागी छन् ।