विश्व पानी दिवस

सुर्खेत, ८ चैत (जागरण) । विश्व पानी दिवसका अवसरमा वीरेन्द्रनगर ५ गणेश चोक नजिकै रहेको मुहान सरसफाई गरिने भएको छ ।
२६ औँ विश्व पानी दिवस का अवसरमा आज जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्य समितिको आयोजनामा गणेशचोक स्थित खानेपानी मुहानको सरसफाइ गरिने भएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक बर्ष अंग्रेजी महिना मार्च २२ तारिखलाई विश्व पानी दिवसका रुपमा मनाउँदै आइएको छ ।
यस बर्षको नारा ‘पानीका लागि प्रकृति जोगाऔँ’ भन्ने रहेको छ । पानीको स्रोत बाचाइराख्न प्रकृति जोगाउनुपर्छ भन्ने सन्देशका साथ २६ औँ विश्व पानी दिवस सुर्खेतसहित विश्वभर नै यो दिवस विहीबार मनाइदैछ ।