डोल्पा, ५ भदौ (जागरण) । डोल्पामा अविरल वर्षासँगै खसेको पहिरोका कारण दुई घर पुरिएका छन् ।
तल्लो डोल्पामा रहेको मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीय राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरेको हो । यस्तै हरिबहादुर बुढामगरको घर पनि भत्किएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाकाअनुसार पहिरोले घर भत्काए पनि मावनीय क्षति भने भएको छैन ।
प्रहरीकाअनुसार शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । सुरक्षित ठाउँमा बस्ती सार्न आग्रह गरे पनि सरकारले चासो नदिएको गुनासो स्थानीय नागरिकले गरेका छन् । रासस