सल्यान, ५ भदौ (रेडियो राप्ती) । सल्यानमा जबरजस्तीकरणीको आरोपमा अदालतले कैदको फैसला सुनाएका एक व्यक्ति २५ वर्षपछि पक्राउ परेका छन् ।
जवरजस्ती करणी मुद्दामा २०५० साल भदौ १६ गते जिल्ला अदालत सल्यानले ३ महिना १८ दिनको कैद फैसला सुनाईएका शारदा नगरपालिका ४ का अर्जुन कुमार केसी २५ बर्षपछि पक्राउ परेका छन् ।
त्यस्तै जिल्ला अदालत सल्यानबाटै ६ महिनाको कदै सजाय फैसला भएका बागचौर नगरपालिका ८ का देवबहादुर मल्ल ६ बर्षपछि पक्राउ परेका छन् ।
त्यसैगरी वन मुद्दामा २ लाख ७५ हजार २ सय ४६ जरिवाना फैसला सुनाईएकी महिला पनि २ बर्षपछि पक्राउ परेकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ७ की राधिका केसीलाई २०७३ असाउ ९ गते वन मुद्दामा जरिवाना फैसला सुनाईएको थियो ।