प्राईमरी टिचर टकिङ् कार्यक्रम शुरु

सुर्खेत, ७ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउपालीकाले आर्थिक बर्ष २०७५÷७६ का लागी गाउपालीका ९ वटै वडामा नमुना विद्यालयहरु छनोट गरी प्राईमरी टिचर टकिङ् कार्यक्रम को शुरु गरेको छ ।
अङग्रेजी र नेपाली दुवै माध्यमवाट टकिङ पेनले कितावमा छुदा यसवाट कलम आफै वोल्ने प्रविधि गाउपालीकाले विद्यालयहरुमा हस्तान्त्ररण गरेको हो ।
यस प्रविधिवाट विद्यार्थीको सिकाई र मनोरन्जनात्मक अभ्यासमा पनि क्षमता अभिवृद्घि गर्ने गाउपालीकाका प्रवक्त टेकेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
गाउपालीको आफ्नै आर्थिक सहयोगमा शुरु गरिएको यस कार्यक्रमका लागी छुट्टै विषयगत शिक्षक पनि छनोट गरी तालीम प्रदान गरीएको विश्वकर्माको भनाई छ ।


गाउपालीकाका अध्यक्ष कविन्द्र कुमार केसीका अनुसार यो प्रविधि वाट विद्यार्थीहरुको शैक्षीक गुणस्तर बृद्घि होस भन्ने उदेश्यले सो कार्यक्रम संचालन गरिएको बताउनु भयो ।
उक्त प्रविधिको प्रयोगले शैक्षिक गुणस्तरमा सुधार हुनेमा आफु विश्वस्त रहेको अध्यक्ष केसीको भनाई छ ।