वीरेन्द्रनगर नगरपालिकाद्वारा बजार अनुगमन

सुर्खेत, ७ भदौ (जागरण) । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगको बजार अनुगमन शुरूवात गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका बजार अनुगमन तथा व्यवस्थापन कार्य्विधि २०७४ बमोजिम पहिलो पटक हिजोदेखी अनुगमन कार्य शुरू भएको हो । नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलको नेतृत्वमा गएको टोलीले ९ वटा विभिन्न पसलमा अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा व्यापारीले म्याद नाघेका सामान राखेको पाइएको छ भने नास्ता पसलमा विभिन्न परिकार खुला राखेर बेच्ने गरिएको पाइएको थियो । व्यापारीले खुद्रा खाद्यान्न तथा मदिरा एकै पसलमा राखेर बेच्ने गरेको पाइएको छ ।
वरिष्ठ अधिकृत पौडेलले व्यापारीले एकै पसलभित्र मदिरा र खाद्यान्न वितरण गर्न नपाइने बताउनुभयो ।
उहाँले नगरपालिका उपभोक्ताको स्वच्छ र उपयुक्त मूल्यमा खाद्यान्न तथा अन्य वस्तु पाउने हकको उच्च सम्मान गर्दै अनुगमनमा आएको जानकारी दिनुभयो ।