मध्य-पश्चिम विश्वविद्यालयले १० वटा क्याम्पसलाई आंगिक बनायो (अडियाेसहित)

सुर्खेत, ११ भदौ (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएको छ । विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं विश्वविद्यालय सभा (सिनेट) ले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।

?????????????????????????????????????????????????????????

विश्वविद्यालयले सुर्खेतको गुर्भाकाेटको बहुमुखी क्याम्पस सुर्खेत, चामुण्डा क्याम्पस र कोटदेवल जनआदर्श क्याम्पस दैलेख, सिंजा बहुमुखी क्याम्पस जुम्ला, रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, पाँडुली बहुमुखी क्याम्पस अर्घाखाँची, सिद्धार्थ क्याम्पस कपिलवस्तु, शहीद नारायणप्रसाद रामापुर क्याम्पस रुपन्देही, शितल बहुमुखी क्याम्पस चौरजहारी रुकुम तथा चतुर्वेद हिरापूर्ण क्याम्पस मुगुलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।
विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले आजको बैठकले नीति तथा कार्यक्रम पनि पारित गरेको जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा विशेष गरी संंकायको विस्तार गर्ने र यो वर्षदेखि कानुन र कृषि विषयमा संकाय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको उहाँले बताउनुभयो ।
विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि १ अर्ब १६ करोड बराबरको बजेट ल्याएको छ । यसै सन्दर्भमा जागरणकर्मी मुना हमालले  सिनेटले केके निर्णय गर्याे भनेर रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई साेध्नुभएकाे छ । सुन्नुस् याे कुराकानी (अडियाे) ।