चैत १८ मा नेपाल–मलेसिया मैत्रीपूर्ण फुटवल हुने

काठमाण्डौँ, ८ चैत (जागरण) । नेपालले चैत १८ गते मलेसियासँग अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

एएफसी एसियनकप छनौट अन्तरर्गत यमनसँगको खेलका लागि नेपाल आगामी आइतबार कतार जाँदैछ । यमनसँग आउँदो मंगलबार खेल खेलेपछि नेपाली टोली बुधबार मलेसिया जानेछ ।
ताजकिस्तान, यमन र फिलिपिन्ससहित समूह एफमा रहेको नेपाल छनौटबाट भने बाहिरिसकेको छ ।  फिफा बरियतामा नेपाल १ सय ६५ औं स्थानमा छ भने मलेसिया १ सय ७८ औं स्थानमा छ ।