अपराध नियन्त्रणका लागि विशेष सुरक्षा रणनिती लागु गर्दै प्रदेश सरकार

सुर्खेत, १३ भदौ (जागरण) । कर्णालीमा प्रदेश सरकारले अपराध नियन्त्रणका लागि विशेष अभियान संचालन गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका दशवटै जिल्लाभर विकास र समृद्धिका लागि शान्ती सुरक्षा अभियान संचालन गर्न लागेको हो ।
मन्त्रालयले संचालन गर्ने वार्षिक कार्यक्रमका बारेमा जानकारी दिँदै कानुनमन्त्री नरेश भण्डारीले अपराध नियन्त्रणका लागि विभिन्न दश वटा विषयमा गहिरो अनुसन्धान गरी सुरक्षा रणनिती लागु गर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले प्रदेशभरका २ सय २० वटै सुरक्षा ईकाईहरुमा एकैसाथ शान्ती सुरक्षाको अभियानको उद्घाटन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले अभियानलाई सफल बनाउनका लागि गाउँ गाउँमा सुरक्षा अभियान सहयोग समितीहरु पनि निर्माण हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रहरीसँग सम्बन्धित विभिन्न भौतिक पुर्वाधारहरु पनि निर्माण गरिने जानकारी दिनुभयो । प्रदेश प्रहरी अनुसन्धान ब्युरो, तालिम केन्द्र, सिमानासँग जोडिएका चौकी लगायत पुर्वाधार निर्माण गर्ने उहाँको भनाई छ ।