संस्कृति बचाउन मादल उद्योग, टन्न अाम्दानी पनि (अडियो रिपाेर्ट)

वुद्धि पुन, रेडियो राप्ती

सल्यान, १४ भदौ (जागरण) । नेपाल वहुसाँस्कृतिक तथा बहुभाषिक देश हो । त्यसमा पनि कर्णाली प्रदेश संस्कृतिको राजधानी नै मानिन्छ । यहाँ बसोबास गर्ने बिभिन्न जातजातीका आफ्नै संस्कृति र भेषभूषा छन् । यति हुँदा हुँदै पनि आधुनिक प्रविधि र बाजाका कारण मौलिक बाजाहरु लोप हुँदै गईरहेका छन् । हाम्रै गाउँ वस्तीमा गुञ्जने मौलिक लोक बाजालाई आधुनिक बाजाहरुले विस्थापित गरिरहेका छन् । मौलिक संस्कृति र बाजाहरु लोप हुन थालेपछि सल्यानमा मादल, डम्फु, ढोल, तवला, दमाहा आदीलाई संरक्षण गर्न उद्योग नै खुलेको छ । प्रस्तुत छ, रेडियो राप्ती सल्यानबाट बुद्धि पुनको यो रिपाेर्ट (अडियो) ।