डेढ करोड बढी लगानीमा अस्पतालको नयाँ भवन बन्दै

मिना बुढाथोकी, रेडियो राप्ती
सल्यान, १४ भदौ (जागरण) । करिब डेढ करोड बढीको लगानीमा जिल्ला अस्पताल सल्यानको नयाँ भवन बन्ने भएको छ । उक्त भवनको आज एक कार्यक्रमका बिच शारदा नगरपालिकाका निमित्त नगर प्रमुख दिपक हमालले शिलान्यास गर्नुभएको हो ।
सदरमुकाम खलंगामा रहेको अस्पताललाई शारदा नगरपालिकाले १ करोड ४१ लाख ६९ हजार ४ सय ७६ रुपैयाँको लागतमा भवन निर्माण गर्ने जिम्मा दिएको निमित्त नगर प्रमुख हमालले बताउनुभयो ।
हाल ३८ सैया संचालनमा रहेको अस्पताललाई ५० सैयाको पुर्याउने र सुविधायुक्त वनाउने नगर स्वास्थ्य प्रमुख रबिन विष्टको भनाई उद्धृत गर्दै रेडियो राप्ती सल्यानले समाचार पठाएको छ । अस्पताल बनेसँगै बिरामीहरु बाहिर जानुपर्ने बाध्यता हट्ने  विश्वास लिईएकाे छ । नगरपालिकाका अनुसरा ज्येष्ठ नागिरक, असहाय तथा विपन्न वर्गका नागरिकलाई निःशुल्क सेवा दिन पनि थालिएकाे छ ।