मुक्तकः मनको घाउ

बेस्सरी दुख्छ यो मनको घाउ
त्यसैले भन्छु म कत्ति नचलाउ

छैन आधार बाँच्ने तिमीबिना
सदाका लागि छोडेर नजाउ

आड भरोसा हौ तिमी मेरो
लड्न लाग्दा यी हात समाउ

चाँदनी कठायत