मालपोतमा सेवा सहज छैनः सेवाग्राही

मुना हमाल । सुर्खेत, ९ चैत (जागरण) । जिल्ला मालपोत कार्यालय सुर्खेतमा सहज रुपमा सेवा नपाएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
आफुहरुलाई कार्यालयका कर्मचारीहरुले विभिन्न बाहानामा दुःख दिने गरेको उनीहरुको भनाई छ । एउटै कामका लागि दैनिक जसो कार्यालयमा धाउनु परेको उनीहरुको दुखेसो छ । वीरेन्द्रनगरका शान्तराम चौधरीले आफुले मालपोतमा पाएको दुःख यसरी सुनाउनु भयो ।
मालपोत कार्यालयमा दिनहुँ जसो सेवाग्राहीहरुको भिड हुन्छ । त्यही भिड छिचोलेर सेवाग्राही आफ्नो काम पुरा गर्न लागि पर्छन् । तर कर्मचारीले उनीहरुको पीडा बुझ्दैन् । जसका कारण मालपोत कार्यालयमा सेवाग्राहीहरु केबल गुनासो मात्र सुनाउन बाध्य हुने छन् ।

कार्यालयले सेवाग्राहीलाई काम हुने आवश्वासन भने दिने गरेको छ । तर काम समयमा नहुँदा सेवाग्राहीहरु खालि हात फर्कने गरेका छन् । वीरेन्द्रनगर निबासी कृष्णा शाहीले समयमा काम नहुँदा समस्या भएको बताउनु भयो ।
बारम्बार सेवाग्राहीले गुनासो गरेपनि कार्यालयले भने जनशक्ति र भौतिक अभावका कारण सहज रुपमा सेवा दिन नसकेको बताउँदै आएको छ । कार्यालयका प्रमुख दुर्गाप्रसाद आचार्यले अब सेवालाई सहज रुपमा प्रवाह गरिने बताउनु भयो ।