जनताको आवाजः काम हेरेर अनुदान दिनु त गजब होनि (अडियोसहित)

सुर्खेत, १७ भदौ (जागरण) । कर्णालीमा प्रदेश सरकारले किसानहरुलाई उनीहरुले गरेको उत्पादन र लगानीका आधारमा अनुदान दिने भएको छ । शुरुमा अनुदान दिँदा उत्पादन नहुने र अनुदान दुरुपयोग हुने समस्या आएपछि प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो ।
यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले किसानले गरेको उत्पादनका आधारमा मात्र उनीहरुलाई अनुदान दिने प्रदेश सकारको योजना तपाईँलाई कस्तो लाग्यो ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।