सुर्खेत, १७ भदौ (जागरण) । सुर्खेतमा पहिलो पटक सम्पन्न दृष्टिविहीन क्रिकेट प्रतियोगितामा शिखर मावि रामघाट विजयी भएको छ ।
वीरेन्द्रनगरमा आज भएको खेलमा बागेश्वरी मावि राकमलाई शिखर माविले ४१ रनले हराउँदै विजयी भएको हो ।
पाइनियर बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको १५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा बिजेता रामघाटले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता भएको राकमले नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको संस्थाका युवा तथा खेलकुद उपसमितिका संयोजक रमेश तुलाधरले जानकारी दिनुभयो ।