वैदेशिक सहायता लिने अनुमती दिन केन्द्र सरकारसँग आग्रह

सुर्खेत, १८ भदौ (जागरण) । कर्णालीमा प्रदेश सरकारले बैदेशिक सहायता लिनका लागि अनुमति दिन केन्द्र सरकारलाई अनुरोध गरेको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद्को बैठकले दातृ निकायबाट आउने सहयोग मार्फत विकास आयोजना संचालनका लागि अनुमति दिन केन्द्र सरकारलाई अपिल गर्ने निर्णय गरेको हो ।
बैठकले कर्णाली प्रदेशको विकासका लागि बहुप्राविधिक शिक्षालय लगायत सडक, खानेपानी, सिचाई, विद्युत, पर्यटन क्षेत्रमा सहयोगका लागि कोरिया इन्टरनेशनल कोपरेशन एजेन्सीको सहायता संचालन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
बैठकले कर्णाली प्रदेशको विकासका लागि बहुप्राविधिक शिक्षालय लगायत सडक, खानेपानी, सिचाई, विद्युत, पर्यटन लगायत विभिन्न क्षेत्रमा विकासमा सहयोगका लागि कोरिया इन्टरनेशनल कोपरेशन एजेन्सीको सहायता संचालन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाउने निर्णय गरेको मन्त्री केसीले बताउनुभयो ।
यदी केन्द्र सरकारले अनुमति दिएमा शिक्षा, स्वास्थ्य, सडक र विद्युतको विकासमा ठूलो लगानी गर्न प्रदेश सरकारलाई सहज हुने मन्त्री केसीको भनाइ छ ।
प्रदेश सरकारले कर्णालीको समृद्धिका लागि ठूला परियोजनामा लगानी गर्ने केही दातृ निकायहरुसँग समन्वय भइरहेको उल्लेख गर्नुभयो ।