आँखै अगाडि गुमे तीन सन्तान, जथाभावी सडक खन्दा विपत् आयोः प्रशासन (अडियोसहित)

सल्यान, १८ भदौ (जागरण) । सल्यानको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा पहिरोमा पुरीएर एकै घरका तीन जना बालबालिको मृत्यु भएको छ । हिजो साँझ स्थानीय बालाराम डाँगीको घर पहिरोले पुर्दा बेपत्ता भएका डाँगीका २ छोरी र १ छोरा मृत अवस्थामा फेला परेका हुन् ।
मृत्यु हुनेमा डाँगीका १० वर्षीया छोरी ललिता डाँगी, ७ वर्षीय छोरा ललित डाँगी र चार वर्षकी मेनका डाँगी रहेको इलाका प्रहरी कार्यालय सिमखोलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानले पीडित परिवारलाई किरिया खर्च बापत ७५ हजार रकम उपलब्ध गराएको समाचार रेडियो राप्ती सल्यानले पठाएको छ ।
यसैबिषयमा हामीले सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालसँग घटनाकोबारेमा थप कुराकानी गरेका छौँ । सुन्नस् सहकर्मी चाँदनी कठायतले उहाँसँग गर्नुभएको यो कुराकानी (अडियो) ।

फाेटाे साभारः उज्यालाे अनलाईनबाट