सुर्खेत, २० भदौ (जागरण) । इलाका प्रहरीकार्यालय बावियाचौरको सक्रियतामा ८० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
पञ्चपुरी नगरपालिकाको माझीगाउँमा हिजो प्रहरी नायक निरिक्षक टेक बहादुर चन्द्रको नेतृत्वमा खटिएको टोलीले घरेलुु मदिरा नष्ट गरेको हो ।
सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ नै सञ्चालन गरेको छ ।
सुर्खेतमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको प्रहरी निरिक्षक सुशोभन श्रेष्ठले जानकारी दिनुभयो ।