वीरेन्द्रनगर नगरसभाः पाँचै विधेयक पारित

सुर्खेत, ९ चैत (जागरण) । वीरेन्द्रनगर नगर कार्यपालिकाले प्रस्ताव गरेका ५ वटै विधेयक सर्वसम्मत् पारित भएका छन् ।
अस्ति देखि सुरु भएको दोस्रो नगरसभाले प्रस्ताव गरेका ५ वटा विधेयकहरु पास भएका हुन् ।
नगरप्रमुख देवकुमार सुवेदीले संशोधन प्रस्ताव हाल्नका लागि छुट्याईएको समयमा कुनै पनि विधेयक माथि संशोधन प्रस्ताव दर्ता नभएपछि सर्वसम्मत् रुपमा विधेयक पास भएको जानकारी दिनु भयो ।