बजेट कार्यान्वयनलाई मुख्य प्राथमिकताः मुख्यमन्त्री शाही

सुर्खेत, २१ भदौ (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसबर्ष बजेट कार्यान्वयनलाई पहिलो प्राथमिक्ता दिइएको बताउनुभएको छ ।
आज गृहजिल्ला कालिकोट पुग्नुभएका मुख्यमन्त्री शाहीले सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुखसँगको भेटघाटमा यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका शाहीले कालिकोटलाई मुलुककै नमुना जिल्ला बनाउने गरी काम गर्न जिल्लाका जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
उहाँले अहिलेको संरचना, कर्मचारी व्यवस्थापनको समस्या लगायतका कारण यसबर्ष बजेट कार्यान्वयनमा ठुलो चुनौती रहेको उल्लेख गर्नुभयो ।