गाउँपालिका अध्यक्षले प्रशाकीय अधिकृत फिर्ता पठाए

कालिकोट, २१ भदौ (जागरण) । कालिकोटको शुभकालिका गाउँपालिकामा हाँजिर हुन पुग्नुभएका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई गाउँपालिका अध्यक्ष खडानन्द चौँलागाईँले फिर्ता पठाउनुभएको हो ।
कर्मचारी अभाव झेल्दै आएको गाउँपालिकामा पुग्नुभएका पाण्डेलाई २४ घण्टाभित्र सिंहदरबार फिर्ता पठाइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुभकालिकामा खटाएको थियो ।
पाण्डेलाई फिर्ता गराएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुभकालिका गाउँपालिकाको बैंक खाता समेत बन्द गरेको छ ।