कर्णालीको एक पहिचानः हुड्के नाच, संरक्षणमा चुनौति (अडियो रिपोर्ट)

हस्त चौँलागाईँ, रेडियो चंखेली
कालिकोट, २१ भदौ (जागरण) । कर्णाली प्रदेश संस्कृतिको धनी प्रदेश हो । यहाँ थुप्रै जातजाती र भाषाहरुको बाहुल्यता छ । खस संस्कृतिको उद्गम स्थल कर्णालीमा आर्थिक विपन्नताले भौतिक पुर्वाधारको विकासमा अपेक्षाअनुसार प्रगति हुन सकेको छैन । तर यहाँको कला संस्कृतिले कर्णालीको अलग्गै पहिचान दिलाएको छ ।

कर्णालीमा गाईने देउडा र ठाडिभाकाको आफ्नै ईतिहास छ, त्यसमा पनि शुभकार्य र मेला महोत्सवमा नाचिने हुड्के नाचको बेग्लै महत्व छ । प्रस्तुत छ, रेडियो चंखेली कालिकोटका सहकर्मी हस्त चौलागाईँले तयार पार्नुभएको यो रिपोर्ट (अडियो) ।