टावर मर्मतमा वेवास्ता गर्दा गाउँपालिका संचारविहीन

सल्यान, २१ भदौ (जागरण) । सल्यानको कालिमाटी गाउँपालिकाको बडाढुंगामा रहेको टावरमा आएको खराबीका कारण गाउँपालिका क्षेत्र एक महिनादेखि सञ्चारविहीन बनेको छ । त्यहाँका झण्डै १७ हजार घरपरिवार प्रभावित भएका छन् ।
टावरमा आएको खराबीका कारण गाउँपालिकाको कामकाजमा ठूलो असर परेको अध्यक्ष दानबहादुर खत्रीले बताउनुभयो ।
सञ्चारविहीन हुँदा कहाँ के भयो भन्ने बारेमा समेत जान्न समस्या भएको र इमेल, इन्टरनेटबाट हुने काममा सेवा दिन कठिनाई भएको उहाँको भनाई छ ।
टेलिकमको क्षेत्रिय कार्यालय सुर्खेतमा गएर कुराकानी गर्दै आए पनि काममा गरेको ढिलाईका कारण समस्या भएको अध्यक्ष खत्रीले बताउनुभयो ।