सुर्खेत, ९ चैत (जागरण) । कर्णाली प्रदेशस्तरीय महोत्सवको आम्दानी आज सार्वजनिक गरिएको छ ।
गत माघ २६ गतेदेखि फागुन ८ गतेसम्म नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशले महोत्सव आयोजना गरको थियो ।
महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले महोत्सवबाट ३८ लाख ६८ हजार ९ रुपैयाँ आम्दानी भएको जानकारी दिनु भयो ।
जसमध्ये ११ लाख ८५ हजार उठाउन बाँकी रहेको छ । महोत्सवमा साढे १२ करोडको कारोबार भएको थियो । अध्यक्ष शाहीले आम्दानीबाट प्रदेश महासंघको भवन निर्माण गर्ने लक्ष्य रहेको बताउनु भयो ।