अरु मुख्यमन्त्रीहरुले पोखरामा गरेको भेला ठीक होइनः कर्णालीका मुख्यमन्त्री

काठमाण्डौँ, २६ भदौ (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय सरकारले संविधानभन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास भएको बताउनुभएको छ ।
आज रफत सन्चार क्लबलमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले पोखरामा भएको मुख्यमन्त्रीको भेला समयसापेक्ष नभएको पनि बताउनुभयो ।
हालै अन्तरप्रदेश परिषद बैठक अन्तिम समयमा आएर रोकिनु र पोखरा भेलाले तयार पारेको आठबुँदे एजेन्डा लिएर मुख्यमन्त्री आउँदा केन्द्रीय सरकारसँग ‘टसल’ भएको भनी बाहिर सार्वजनिक गर्नु पनि गलत भएको मुख्यमन्त्री शाहीको भनाइ थियो ।
संघीयता कागजमैमात्र लागू भएको र त्यसलाई व्यवहारमा लागू गर्न नसक्दा प्रदेश सरकारले सोचेअनुरुप काम गर्न नसकेकाले विभिन्न क्षेत्रमा जटिलता निम्ताएको उहाँको गुनासो थियो ।