मुगु, २६ भदौ (जागरण) । मुगुमा डेढ महिनादेखि गमगढी– नाग्मा सडक अवरुद्ध हुँदा सदरमुकाममा चामल अभाव भएको छ ।
खाद्य संस्थान र बजारका अधिकांश पसलमा चामल छैन । पिना र झयारी खालो लगायत क्षेत्रबाट ट्याक्टरमा ढुवानी गरिएको चामल सदरमुकाम गमगढी नपुग्दै खोसाखोस भइरहेको छ ।
ट्याक्टरमा चामल आउने थाहा पाएपछि स्थानीयवासी बाटो ढुकेर खोसाखोस गर्न थालेका हुन् ।
गमगढीमा एक किलो चामल समेत पाउन मुस्किल हुन थालेको छायाँनाथ रारा नगरपालिकाको शोभागाउँका गगन बुढाले बताउनुभयो ।