व्रत बस्नु ठीक हो ? स्वास्थ्यको ख्याल कसरी गर्ने ? डाक्टरको भनाई (अडियो सुन्नुहोस्)

सुर्खेत, २६ भदौ (जागरण) । हरितालिका तिजको अघिल्लो दिन आज (मंगलवार) विभिन्न मिष्ठान्न परिकारका साथ दर खाईँदै छ । तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।
आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने चलन छ ।
तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन राति उठेर दर खाने चलन छ ।


द्वितीयाका दिन राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ । यसैबिच, हामीले तिजको अवसरमा बसीने व्रतका कारण स्वास्थ्यमा कस्तो प्रभाव पर्छ ? भनेर देउती अस्पताल सुर्खेतमा कार्यरत डाक्टर कविता थापासंग सोधेका छौँ ।

सुन्नुहाेस् कुराकानीः