सुर्खेत, ९ चैत (जागरण) । सुर्खेतको घाटगाउँ र मालारानी स्वास्थ्यचौकीको सामाजिक परीक्षण गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयसंगको सहकार्यमा असल शासन क्लव जिल्ला समन्वय समिति सुर्खेतले आज सामाजिक परीक्षण गरेको हो ।
मालारानी स्वास्थ्य चौकीको सामाजिक परीक्षणमा खानेपानीको समस्या, प्रसुती भत्ता समयमै उपलब्ध हुन नसकेको, कर्मचारीलाई जिल्लाले काजमा खटाएको, स्वास्थ्य संस्था सम्मको बाटो मर्मत गर्नुपर्ने,औषधी ढुवानी र गाउँघर क्लिनिकको भवन नभएको जस्ता विभिन्न १४ वटा समस्या पहिचान गरिएको छ ।
यस्तै, घाटगाउँ स्वास्थ्य चौकीको सामाजिक परीक्षणमा खानेपानी, सोलार, औषधी आपूर्ति, स्टे«चर तथा एम्बुलेन्सको व्यवस्था गर्ने सम्बन्धी कार्ययोजना निर्माण गरिएको छ ।