सुर्खेत, ९ चैत (जागरण) । बिरामीले समयमै उपचार शुरु नगर्दा सुर्खेतमा क्षयरोग मुख्य समस्याका रुपमा देखा पर्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
विश्व क्षयरोग दिवसको अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालयले बिरामीले रोग लुकाउँदा क्षयरोग न्युनिकरणमा कठिनाई भईरहेको जनाएको हो ।
कार्यालयका सुचना अधिकारी वसन्तमान श्रेष्ठले वर्षेनी क्षयरोगका बिरामीको संख्या बढ्दै गएको बताउनुभयो ।
बिरामीले समयमै उपचार नगर्ने, रोग लुकाउने र नियमीत औषधी सेवन नगर्दा क्षयरोग न्युनिकरण हुन नसकेको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको ६ महिनामा सुर्खेतमा ३ सय ३० क्षयरोगका बिरामी फेला परेको जानकारी दिनुभयो । सुर्खेतमा सबैभन्दा बढी यो रोगका बिरामी गुर्भाकोट नगरपालिकामा फेला परेका छन् ।