कर्णालीलाई कला र संस्कृतिको केन्द्र बनाउछौँः मन्त्री भण्डारी (अडियोसहित)

सुर्खेत, ३० भदौ (जागरण) । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अव कर्णाली प्रदेशलाई कला र संस्कृतिको केन्द्रको रुपमा विकास गरिने बताउनुभएको छ ।
कर्णाली प्रदेश नेपाली भाषा र कलाको ऐतिहाँसिकता बोकेको प्रदेश भएकाले यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतको वार्षिक साधारणसभामा उहाँले यस्तो बताउनुभएको हो ।
अहिले गरिव भनेर चिनिने कर्णालीलाई धनी र समृद्ध बनाउन साँस्कृतिक पर्यटनको विकास गर्नुपर्नेसमेत उहाँले बताउनुभयो ।
अहिले कर्णाली प्रदेश सरकार कानून निर्माणको चरणमा रहेको बताउँदै भण्डारीले कानून बनिसकेपछि योजना कार्यन्वयनमा सहज हुने बताउनुभयो ।
यसैबीच प्रतिष्ठानका अध्यक्ष उत्तम शर्माले कलाकारको जीवनसँग सम्वन्धित ज्ञापनपत्र समेत मन्त्री भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ ।

अडियोः