सुर्खेत, ३१ भदौ (जागरण) । ‘जनताको आवाज’ नाराका साथ जागरण एफ. एम. स्थापनाको १० वर्ष पूरा भएको छ ।
वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रशारणमा रहेको जागरण एफ. एम. ले स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्दैछ ।
विहान चियापान समारोह र दिउसो विशेष रेडियो कार्यक्रममार्फत श्रोतासँग अन्तरक्रिया गरिने स्टेसन मेनेजर दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।
सुर्खेत जिल्लाभर २३ रेडियो श्रोता समूह रहेको जागरण एफ. एम. ले हाल कर्णाली प्रदेशका १७ सामुदायिक रेडियो स्टेशनको नेटवर्कको रुपमा कार्य गरिरहेको छ ।
जागरण वहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एफ. एम. ले स्थानिय विकास र सुशासन प्रवर्द्धनलाई केन्द्रमा राखेर कार्य गरिरहेको सञ्चालक समिति अध्यक्ष पुर्ण प्रसाद पौड्यालले बताउनुभयो ।
स्थापना दिवसको अवसरमा श्रोतागण, साझेदार निकायहरु तथा नेटवर्कमा आवद्ध रेडियो स्टेशनहरुमा शुभकामना व्यक्त गरिएको छ ।