खोलाले बगाउँदा दिदी भाइको मृत्यु

बुद्धि पुन, रेडियो राप्ती
सल्यान, ३१ भदौ (जागरण) ।
सल्यानमा खोलाले बगाउँदा दिदी भाईको मृत्यू भएको छ । जिल्लाको दार्मा गाउँपालिका ६ घर भएका उनीहरुको स्थानिय दार्मा खोलाले बगाउँदा मृत्यु भएको हो । स्थानिय दुर्गा केसीकी श्रीमती पूर्णिमा केसी माईतीघर रुकुम बाट घर फर्कदैँ गर्दा शनीबार बेलुकी ७ बजे स्थानिय दार्माखोला तर्दा उहाँका १ छोरी र १ छोरा बेपत्ता भएका थिए । आमा पूर्णिमा सकुशल खोला बाट उत्रिनुभएको थियो ।
बेपत्ता २ बर्षिय छोरा मोहन केसीको घटनास्थल देखी करिब २ किलोमिटर तल शब फेला परेको थियो । यस्तै ६ बर्षिया छोरी रेखा केसीको घटनास्थल देखी ३ किमी तल शब फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोहनको शव राती नै भेटिएपनि रेखाको भने आज बिहान मात्रै शव फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताउनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।