छुट्टाछुट्टै घटनामा ६ जना घाइते

सुर्खेत, ४ असोज (जागरण) । सुर्खेतमा भएका छुट्टाछुट्टै घटनामा ६ जना घाइते भएका छन् । वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र नजिकै मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
मंगलढी चौकतर्फ जाँदै गरेको भे ६ प ६०७२ नम्बरको मोटरसाईलकलाई भे १ त ८४९२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चार जना घाइते भएका हुन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, वीरेन्द्रनगर–११ सुब्बाकुना मोडमा अटोलाई एम्बुलेन्सले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।